७ बैशाख २०८१, शुक्रबार

काभ्रेको बेथानचोकमा बस दुर्घटना : १३ जनाको दु:खद निधन


काभ्रेको बेथानचोकमा बस दुर्घटना

काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका–४ चलाल गणेशस्थानमा बस दुर्घटना हुँदा १३ जनाको घटनास्थलमै दु:खद निधन भएको छ । काभ्रेको बेथानचोकमा आज साँझ भएको बस दुर्घटनामा १३ जनाको मृत्यु भएको हो ।

आज मंगलबार साँझ ६ बजेतिर बा ३ ख ४३८५ नम्वरको रिभर्ज बस काभ्रेको बेथानचोकको चलालमा दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको हो । मृतकहरुको पहिचान हुन बाँकी छ ।

जिल्लाको बनेपा नगरपालिका-११ बाट ब्रतबन्धका लागि गाउँपालिका-५ स्थित च्याल्टी पुगेर फर्किँदै गरेको रिजर्भ बस दुर्घटना भएको हो । घाइतेहरुको शिर मेमोरियल अस्पताल र धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी २० जना भन्दा बढी घाइते भएका छन् । घटनास्थलमा नेपाल प्रहरी र नेपाली सेनाको टोलीले डोजर समेत प्रयोग गरी उद्धार कार्य जारी रहेको छ । दुर्घटनाको बारेमा थप जानकारी आउँन बाँकी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !