३ जेठ, काठमाण्डौ । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवम् अर्थविद् डा. शंकर शर्माले विकास निर्माणका कामलाई बजेट कम भएको गुनासो पोखेका छन् ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘विकास सम्बन्धित कामलाइ बजेट कम भयो, पुँजीगत खर्चको सबै रकम खर्च हुन सकेन् ।’
बजेट बनाउँदा प्राथमिकताहरु छुट्याउनुपर्ने उनको सुझाव छ । नेपालमा पछिल्लो समय वित्तीय अनुशासन कमजोर रहेकोले आगामी दिनमा यसप्रति सरकारले ध्यान दिनुपर्नेमा शर्माको जोड थियो । उनले अल्पविकसित मुलुकबाट विकासशिल मुलुकमा पुग्नको लागि नेपाले तिव्र आर्थिक वृद्धि हाँसिल गर्नुपर्ने बताउँदै त्यसको लागि सरकारले उत्पादनमुखी कार्यक्रमहरुमा जोड दिनुपर्ने बताए ।
त्यस्तै उनले नेपालमा एडिबी र विश्व बैंकको सहयोग बढिरहेकोले नेपालले प्रोजेक्ट बैंकको तयारी गर्नुपर्ने बताए । निजी क्षेत्रको लगानी बढाउनेगरि बजेट आउनुपर्ने सुझाव थियो ।
उनले लुम्बिनी, पोखराजस्ता ठाउँमा पर्यटनको विकास गर्न कम्तिमा पनि प्रत्येक ठाउँमा दुई दुईवटा पूर्वाधार विकास गर्नुपर्ने बताए । त्यस्तै उनले तयारी अवस्थामा रहेका कार्यक्रमहरुलई अघि बढाउनुपर्ने पनि सुझाव थिए । बजेट कार्यान्वयनको लागि योजना बनाउनुपर्ने पनि उनले बताए ।