१३ बैशाख २०८१, बिहिबार

रातारात लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ सारियो


रातारात लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ सारियो

बुटवल । लुम्बिनी प्रदेशको स्थायी राजधानी रातारात दाङ सारिएको छ । लुम्बिनी प्रदेशको बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका फर्निचरलगायत सामान रातारात दाङ लगिएको हो ।

३ वटा ट्रकमा लोड गरेर कार्यालयका सम्पुर्ण फर्निचर, कागजपत्र र सचिवालयकाे सामान सहितकाे कार्यालयका सम्पूर्ण सामाग्री बाेकेर मुख्यमन्त्री सहितकाे सम्पूर्ण टाेली स्थायी राजधानी देउखुरी पुर्याइएको हो ।

सोमबार राति १०:३० बजे मुख्यमन्त्री र सचिवालयबाट ल्याइएको सामान दाङ देउखुरीको राप्ती गाउँपालिका-हिजो ३ स्थित राप्ती प्राविधिक शिक्षालयमा रहेको मुख्यमन्त्री कार्यालयमा मंगलबार बिहान झारिएको हो ।

स्थायी पुर्वाधार बनाएर मन्त्रालयहरु दाङ सार्न चौतर्फी आवाज उठिरहेका बेला रातारात लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ सारिएको हो । स्थायी पूर्वाधार बनाएर मात्र राजधानी सार्नु पर्ने र नयाँ बन्ने सरकारले मात्र सार्नुपर्ने रुपन्देहीका नेताहरूले माग गर्दै आएको भए पनि रातारात मन्त्रालयहरू दाङ सारिएको हो ।

रातारात लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ सारियो

अव आइतबारदेखि मुख्यमन्त्री कार्यालकाे सम्पूर्ण काम देउखुरीबाट नै हुने बताइएको छ । अव मुख्यमन्त्रीकाे वुटवलस्थित अस्थायी मुकाम बन्द गरिएको छ । आन्तरिक मामिला मन्त्रालय, अर्थ मन्त्रालय र काेष लेखा नियन्त्रण कार्यालय पनि याे हप्ताभित्र अस्थायी मुकाम बुटवलबाट स्थायी राजधानी देउखुरी आइसक्ने बताइएको छ ।

नवनिर्वाचित लुम्बिनी प्रदेशसभाकाे सपथ तथा बैठक स्थायी राजधानी देउखुरीमा निर्माणकाे अन्तिम चरणमा रहेकाे संसद् भवनमा बाेलाउने तयारी गरिएकाे छ । प्रदेशसभाकाे दुई तिहाइले गरेकाे निर्णयलाई व्यवहारीक रूपमा कार्यान्वयन गर्न सफल भएको मुख्यमन्त्री कुलप्रसाद केसीले जानकारी दिएका छन् ।

अस्थायी मुकामका रुपमा बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका फर्निचर लगायत सामानहरू रातारात दाङ पुर्याइएको छ । स्रोतका अनुसार दुई दिनअघि रातको समयमा तीन वटा ट्रकमा सामानहरू लोड गरी राति नै दाङ पुर्याइएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !