७ बैशाख २०८१, शुक्रबार

रौतहटको गौरमा जलेर एकै परिवारका तीन बालबालिकाको मृत्यु


आगलागी

रौतहट । रौतहटको गौरमा जलेर एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ । रौतहटको गौर नगरपालिका-१ स्थित माइस्थान चोकमा गएराति विद्युत सर्ट भएर आगलागी हुँदा एकै परिवारका तीन जना बालबालिकाको ज्यान गएको हो ।

गौरको माइस्थान चोकमा रहेको इस्लाम सिरक डसना पसलमा गएराति साढे १ बजे आगलागी हुँदा घरमा सुतिरहेका तीन जना बालबालिकाको मृत्यु भएको हो । अरु तीन जना घाइते भएका छन् ।

जलेर मृत्यु हुनेमा पसल सञ्चालक मोहम्द इस्लामका ९ वर्षीया छोरी रुक्साना खातुन, ७ वर्षका छोरा इमरान मंसुरी, ५ वर्षीया छोरी सविना खातुन रहेका छन् । घाइते हुनेहरुमा २५ वर्षीय मोहम्द इस्लमाइल, २४ वर्षीया नसिमा खातुन र ८ वर्षीय बालक इमरान रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !