नेकपा माओवादीका नेता लालु किसान र पदम पुनलाई आफ्नै पसलबाट नियन्त्रणमा लिएको माओवादीले जनाएको छ। किसान माओवादीको जिल्ला जनसरकारका संयोजक समेत हुन् । गृहमन्त्री शक्तिबहादुर बस्नेतले पोखरामा आयोजित कार्यक्रममा एनसेलको टावरमा आक्रमण गर्नेलाई कानुनी कारवाही गर्न निदेशन दिएपछि प्रहरीले आइतबार साँझ विरेन्द्रचोकबाट पदम पुन र सोमबार विहान विरेन्द्रचोकबाटै लालु किसानलाई नियन्त्रणमा लिएको थियो।
त्यसैगरी गोपाल पौडेललाई समान्य सोझपुछ पछि सोमबार राति छोडिएको छ। एनसेलको टावरमा आक्रमण गर्ने सबैजसो जिल्लामा प्रहरीले चन्द माओवादीका नेता तथा कार्यकतालाई कडा निगरानी गर्ने गृहमन्त्रालयको निर्देशन अनुसार जिल्लामा काम गरिएको प्रहरीले जनाएको छ । प्रहरी निरिक्षक लोकेन्द्र सिंह गुरूका अनुसार नियन्त्रणमा लिएकाहरुबाट आवश्य सोझपुछ भइरहेको बताए । यसैबीच जिल्लाका विभिन्न गाविसमा रहेका एनसेलको टावरको अवस्थामा बारेमा समेत प्रहरीले विवरण संकलन गरिरहेको छ । जिल्लाको भकिम्ली, कुहुँको टोड्के, देविस्थान, मराङ लगाएतका क्षेत्रमा एनसेलको टावर रहेको छ ।