८ बैशाख २०८१, शनिबार

दोलखाको सदरमुकाम चरिकोटमा पनि विष्फोट


दोलखा चरिकोट

चरिकोट । दोलखा जिल्लाको सदरमुकाम चरिकोटमा पनि विष्फोट भएको छ । दोलखाको भीमेश्वर नगरपालिका-३ स्थित सातदोबाटोमा विष्फोटको आवाज सुनिएको स्थानीयले बताएका छन् ।

विष्फोटको आवाज आएपछि प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान जारी राखेको छ । चरिकोटको सातदोबाटोस्थित फोहोर फाल्ने ठाउँमा विष्फोटको आवाज सुनिएको प्रहरीले बताएको छ । यद्यपि घटनास्थलमा तार वा बमको टुक्रा भने अझसम्म फेला परेको छैन ।

आजै मात्र भोजपुर जिल्लामा पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधन गर्ने भनिएको कार्यक्रमस्थल नजिकै विस्फोट भएको छ ।

आज बुधबार भोजपुरको पौवादुङमा गाउँपालिकाको प्याउली तिवारी भन्ज्याङ भन्ने स्थानमा प्रचण्ड सहभागी हुने चुनावी कार्यक्रमस्थल नजिकै एक व्यक्तिले बोकेको बम विस्फोट भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !