७ बैशाख २०८१, शुक्रबार

भक्तपुरको कुण्डोलमा भिषण आगलागी, १ जना युवतीको मृत्यु


भक्तपुर कुन्डोल आगलागी

भक्तपुर । भक्तपुरको कुण्डोलमा आज बिहान भिषण आगलागी भएको छ । भक्तपुर जिल्लाको मध्यपुर ठिमी नगरपालिका-६ कुण्डोल ढुंगेधाराममा बुधबार बिहान ८ बजेदेखि भिषण आगलागी भएको हो ।

मध्यपुर ठिमीको कुण्डोलस्थित आत्माराम खत्री र हरिशरण खत्रीको घरमा आगलागी हुँदा आत्मारामकी २७ वर्षीय छोरी अस्मिता खत्रीको मृत्यु भएको हो । अस्मिता शुरुमा मानसिक रोगी भएको र हाल प्यारालाइसिसको बिरामी भएको पनि बताइएको छ ।

बिजुली सर्ट भएर आगलागी भएको स्थानीयले बताएका छन् । भक्तपुर नगरपालिका र मध्यपुर नगरपालिकाका दुई वटा दमकलले आगो निभाएर अहिले आगो नियन्त्रणमा आइसकेको छ ।

इँटाले बनेको पुरानो शैलीको घर आगलागीबाट आधा भाग जलेको छ । अग्नि नियन्त्रक, नेपाल प्रहरी, शशस्त्र प्रहरी, नेपाली सेना, म्यादी प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको हो ।

थप जानकारीको लागि भिडियो हेर्नुहोस्


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !