१० मंसिर २०८१, सोमबार

शताब्दी पुरुष जोशीको निधनमा एकदिन सार्वजनिक बिदा दिने सरकारको घोषणा


शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर श्रद्धाञ्जलिलाई किष्टमा

काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा सरकारले शोक शोक व्यक्त गर्दै एकदिन सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले आज आइतबार ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेज पुगेर जोशीको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्दै सो जानकारी गराएका हुन् । उनलाई राष्ट्रिय सम्मान दिइने गृह मन्त्रालयले निर्णय गरिसकेको छ ।

जोशीको पार्थिव शरीरलाई अहिले ललितपुर महानगरपालिकाको प्रांगणमा राखिएको छ । आजै प्रधानमन्त्री शेरबहादुर देउवाले जोशीको पार्थिव शरीरमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय झन्डा ओढाएर श्रद्धाञ्जली दिएका छन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !