१२ आश्विन २०८१, शनिबार

पर्साकी कविता देवीले जन्माइन् तिम्ल्याहा बच्चा


तिम्ल्याहा बच्चा

वीरगञ्ज । पर्साकी एक गर्भवतीले तिम्ल्याहा बच्चालाई जन्म दिएकी छन् । वीरगञ्जको विर्तास्थित नारायणी सेन्टरल अस्पतालमा पर्साको कालिकामाई गाउँपालिका–९ हरियरपुरकी कविता देवीले तिम्ल्याहा बच्चालाई जन्म दिएकी हुन् ।

कविताले दुई छोरा र एक छोरीलाई जन्म दिएको अस्पतालका निर्देशक प्रा. डा. प्रमोदकुमार सर्राफले जानकारी दिए । उनले शल्यक्रियामार्फत बच्चा जन्माएकी हुन् । अस्पतालका स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा प्रियङ्का चौधरीले कविताको शल्यक्रिया गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !