१२ श्रावण २०८१, शनिबार

श्रीमतीको हत्या गरेर फरार भएका कैलालीका युवक पक्राउ


शेरबहादुर नाम्जाली मगर

धनगढी । श्रीमतीको हत्या गरेर फरार भएका कैलालीका युवक पक्राउ परेका छन् । कैलालीमा भारतबाट फर्किएलगत्तै ती पुरुषले आफ्नै श्रीमतीको हत्या गरेका थिए भने धारिलो हतियार प्रयोगबाट छोराछोरी घाइते भएका छन् ।

कैलालको गौरीगंगा नगरपालिका–५ का करिब ३५ वर्षीय शेरबहादुर नाम्जाली मगरले ३२ वर्षीया पत्नी ललिता नाम्जाली मगरको हत्या गरेका थिए । धारिलो हतियार प्रहार गरेर श्रीमतीको हत्या हरेक ती व्यक्ति फरार रहेका थिए ।

आफ्नै गाउँको बिसटोलमा हिडिरहेका बेला उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेती स्रोतले जानकारी दिएको छ । पछ्यौरी र रेबनले घाँटी कसेर उनले पत्नीको हत्या गरेको देखिएको छ।

ललिताको शव बिहीबार बिहान हत्या गरेको अवस्थामा घरमै भेटिएको हो । हिजो बुधबार राति उनको हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

१७ वर्षीया छोरी लक्ष्मीको टाउकोमा चोट लागेको छ भने १२ वर्षीय छोरा विजय पनि घाइते भएका छन् । उनीहरूको घाँटी र टाउकामा धारिलो हतियार प्रहार गरिएको देखिन्छ ।

रोजगारीका लागि भारतमा रहेका शेरबहादुर बुधबार मात्र घर फर्किएका थिए । घर फर्किएलगत्तै श्रीमतीसँग शेरबहादुरको विवाद भएको र हत्या गरी फरार रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !