९ मंसिर २०८१, आइतबार

उच्च अदालतको आदेश : टुकुचामाथि बनेका संरचना नभत्काउनू


टुकुचा खोला

काठमाडौं । उच्च अदालत पाटनले टुकुचा खोलामाथि बनेका संरचना नभत्काउन आदेश दिएको छ । उच्च अदालतले टुकुचा खोला मिचेर खोला भूमिगत बनाइएका ठाउँमाथि बनेका संरचना नभत्काउन आदेश दिएको हो ।

काठमाडौं महानगरपालिकाले हराएको टुकुचा खोला खोज्दै सोमाथि बनाएका संरचनाहरु भत्काउने तयारी गरेपछि उच्च अदालत पाटनले आज आइतबार यस्तो आदेश दिएको हो ।

प्रेसिडेन्ट ट्राभल्स एण्ड टुर्स प्रालि, जे-नेक्स इनभेस्टमेन्ट प्रालिसहितका तीन कम्पनीले संयुक्त रुपमा दायर गरेको रिटमाथि सुनुवाइ गर्दै उच्च अदालत पाटनले ससो आदेश दिएको हो । टुकुचामाथि बनेका संरचना नभत्काउन माग गर्दै भदौ ३१ गते पाटन उच्च अदालतमा रिट दर्ता भएको थियो ।

न्यायाधीश दिपेन्द्रबहादुर बमको एकल इजलासले टुकुचा खोला मिचेर बनाएको संचना तत्काल नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको हो ।अदालतले असोज ५ गते दुबै पक्षलाई छलफलमा बोलाएको छ । दुवै पक्षलाई राखेर छलफल गरेपछि अन्तरिम आदेशलाई के गर्ने भन्ने विषयमा छलफल गरेर निर्णय हुने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !