८ बैशाख २०८१, शनिबार

बालेनको डोजर आज बालाजुतिर जाने, अवैध संरचना भत्काइने


महानगरको डोजर फाइल फोटो

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज बालाजु-माछापोखरीका अवैध संरचना भत्काउने भएको छ । काठमाडौँ महानगरपालिका मेयर बालेन साहले अवैध संरचना भत्काउने अभियानलाई जारी राख्ने भएका हुन् ।

आज काठमाडौँको बालाजुस्थित गुणस्तर विभाग र किरियापुत्री भवन आसपासमा बनेका अवैध संरचना हटाउने कार्यतालिका रहेको छ । महानगरले यसअघि अवैध संरचना हटाउन दिएको अल्टिमेटम अटेर गरेपछि व्यवसायीले बनाएका संरचनामा डोजर चलाउन लगिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !