५ जेष्ठ २०८१, शनिबार

त्रिचन्द्रमा नेविसंघले राष्ट्रपतिको पुतला जलाउन खोजेपछि झडप


राष्ट्रपतिको पुतला

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौँको घण्टाघरस्थित त्रिचन्द्र कलेजमा राष्ट्रपति विद्यादेवी भण्डारीको पुतला जलाउन खोजेएपछि तनाव उत्पन्न भएको छ ।

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै नेविसंघले विरोध प्रदर्शन गरेको हो । नेविसंघका विद्यार्थीले राष्ट्रपति भण्डारीको पुतला जलाउन खोजेएपछि विद्यार्थी र प्रहरीबीच झडप भएको हो ।

विद्यार्थीले भण्डारीको पुतला जलाउन खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । उनीहरूले प्रहरीमाथि ढुंगामुडा समेत गरेका थिए । विद्यार्थीको प्रदर्शनपछि सवारी साधनको आवागमन केही बेर अवरुद्ध भएको थियो ।

विद्यार्थीले पुत्ला दहन गर्दै नाराबाजी समेत गरेका थिए । राष्ट्रपति भण्डारीले छिटो उक्त विधयेक प्रमाणीकरण गर्न उनीहरुले माग गरेका छन् । नागरिकता विधयेक प्रमाणीकरण गर्न दोस्रोपटक राष्ट्रपति भण्डारी समक्ष पठाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !