१३ बैशाख २०८१, बिहिबार

रामबहादुर थापा ‘बादल’ लाई मातृशोक


नन्दकुमारी थापा

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ लाई मातृ शोक परेको छ । पूर्वगृहमन्त्री समेत रहेका बादलकी आमा नन्दकुमारी थापाको आज आइतबार बिहान चितवनस्थित निवासमै ९१ वर्षको उमेरमा निधन भएको हो ।

नेकपा एमालेका अर्का उपाध्यक्ष बिष्णु पौडेलले सामाजिक संजाल ट्वीटरमा लेख्दै बादलकी आमाको निधन भएको खबरले दु:खित बनाएको बताउँदै दिवंगत नन्दकुमारीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजन र आफन्तहरूमा गहिरो समवेदना ब्यक्त गरेका छन् ।

यस्तै थापाको निधनमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले शोक वक्तव्य जारी गर्दै उनको निधनमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !