६ बैशाख २०८१, बिहिबार

उदयपुरमा एकै परिवारका ३ जनाको बिभत्स हत्या


उदयपुर बेलका हत्याकाण्ड

उदयपुर । उदयपुरमा एकैपरिवारका तीन जनाको बिभत्स हत्या भएको छ । उदयपुरको बेलका नगरपालिका-७ का राजकुमार बस्नेतसहित उनकी श्रीमती र छोराको हत्या भएको प्रहरीले जनाएको छ ।

स्थानीय वालिङ खोलामा बस्नेत परिवारका ३ जनाकै हत्या भएको प्रहरीले बताएको छ । एकै परिवारका तीन जनाको हत्या गरेर खोलामा शब फालिएको अवस्थामा फेला परेको हो ।

उदयपुरको बेलका नगरपालिका-७ गोबाटारका ३७ वर्षीय राजकुमार बस्नेत, उनकी श्रीमती ३३ वर्षीया सरिता बस्नेत र उनीहरुको छोरा १२ वर्षीय सुजन बस्नेतको हत्या भएको हो ।

प्रहरीका अनुसार बस्नेत परिवारको हत्या उनको नातामा दाजु पर्ने ४० वर्षीय नरबहादुर बस्नेतले गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । नरबहादुरले उनीहरुको हत्या गरेर शब खोलामा फालेको हुनसक्ने बताइएको छ ।

प्रारम्भिक अनुसन्धानका आधारमामा सबैलाई खुकुरी हानिएर हत्या गरिएको हुनसक्ने प्रहरीले जनाएको छ । हत्यामा संलग्न भएको आशंकामा नरबहादुरलाई खुकुरीसहित प्रहरीले पक्राउ गरिसकेको छ ।

घटनास्थल नगरपालिकाको विकट क्षेत्रमा पर्दछ । हत्या गरिएकाहरुको शव टुक्राटुक्रा पारेको अवस्थामा भेटिएकोले प्रहरीले संकलन गरेर एकठाउँमा राखेको बताइएको छ । घटनाको थप अनुसन्धान जारी रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !