७ बैशाख २०८१, शुक्रबार

महानगरले हटायो त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरको डिजिटल बाेर्ड


वर्ल्ड ट्रेड सेन्टर फाइल फोटो

काठमाडौं । काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरको डिजिटल बाेर्ड हटाएकाे छ । काठमाडौँ महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे नेतृत्वको टोलीले आज दिउँसो डिजिटल बोर्ड हटाएको हो ।

काठमाडौँ महानगरले मापदण्डविपरीतका होडिङबोर्ड हटाउने कार्यलाई निरन्तरता दिने भएको छ । अवैध संरचना हटाउने अभियानमा रहेको काठमाडौं महानगरले मापदण्डविपरीतका होर्डिङबोर्ड पनि हटाउने भएको हो ।

यस्तै बानेश्वर क्षेत्रबाट होर्डिङ बोर्ड हटाइने महानगरले जानकारी दिएको छ । त्रिपुरेश्वरको वर्ल्ड ट्रेड सेन्टर सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड हटाएर यो अभियान सुरु गरिएको काठमाडौं महानगरले जनाएको छ ।

नक्सा पास विपरीतका संरचना हटाउने अभियान चलाइरहेको काठमाडौँ महानगरले अब होर्डिङ बोर्ड हटाएको हो । महानगरले मापदण्ड विपरीत राखिएका होर्डिङ बोर्ड, रक्सी चुरोटका विज्ञापन, अनुमति बिना राखिएका डिजिटल बोर्ड हटाएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !