७ मंसिर २०८१, शुक्रबार

काठमाडौँ महानगरले मापदण्डविपरीतका होडिङबोर्ड हटाउँदै


वर्ल्ड ट्रेड सेन्टर सेन्टर होर्डिङ बोर्ड

काठमाडौं । काठमाडौँ महानगरपालिकाले मापदण्डविपरीतका होडिङबोर्ड हटाउने भएको छ । अवैध संरचना हटाउने अभियानमा रहेको काठमाडौं महानगरले मापदण्डविपरीतका होर्डिङबोर्ड पनि हटाउने भएको हो ।

आजैदेखि होर्डिङबोर्ड हटाउन सुरु गरिने महानगरले जनाएको छ । बानेश्वर वा त्रिपुरेश्वर क्षेत्रबाट होर्डिङ बोर्ड हटाउन सुरु गरिने महानगरले जानकारी दिएको छ । त्रिपुरेश्वरको वर्ल्ड ट्रेड सेन्टर सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड हटाएर यो अभियान सुरु गर्न लागेको काठमाडौं महानगरले जनाएको छ ।

नक्सा पास विपरीतका संरचना हटाउने अभियान चलाइरहेको काठमाडौँ महानगरले अब होर्डिङ बोर्ड हटाउने भएको हो । महानगरले मापदण्ड विपरीत राखिएका होर्डिङ बोर्ड, रक्सी चुरोटका विज्ञापन, अनुमति बिना राखिएका डिजिटल बोर्ड हटाउन लागेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !