१८ असार २०८१, मंगलबार

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक आयो सञ्चालनमा


नारायणगढ-मुग्लिन सडकखण्ड फाइल फोटो

चितवन । पहिरो खस्दा अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । सो सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ केराबारीमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । पहिरो पन्छाएसँगै अहिले दुईतर्फी यातायात सञ्चालनमा आएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले पहिरो पन्छाएसँगै सडक दुईतर्फी सञ्चालनमा आएको जानकारी दिए । सडक सञ्चालनमा आएसँगै पहिराका कारण रोकिएका सवारीसाधन आफ्नो गन्तव्यतर्फ लागेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !