१४ बैशाख २०८१, शुक्रबार

काठमाडौँ महानगरद्वारा सुरज आर्केड र विशाल बजारलाई २४ घण्टे अल्टिमेटम


सुरज आर्केड र विशाल बजार

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोडस्थित सुरज आर्केडलाई बेसमेन्ट खाली गराउन २४ घण्टे अल्टिमेटम दिएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको निर्देशनमा सुरज आर्केडको बेसमेन्टका पसल हटाइने भएको हो ।

महानगरको निर्देशनपछि सुरज अर्केडको बेसमेन्टमा रहेको पसलले सामान हटाउन सुरु गरेका हुन् । अहिले व्यापारीहरुले धमाधम पसलमा सामानबाहिर निकालिरहेका छन् ।

यस्तै महाहानगरको टोलीले विशाल बजारलाई पनि नक्सासहित वडा कार्यालयमा उपस्थित हुन २४ घण्टे अल्टिमेटम दिएको छ । अनधिकृत संरचना हटाउने अभियानलाई तीव्र पारेको काठमाडौं महानगरपालिकाको टोली विशाल बजारमा पनि पुगेको हो ।

नक्सापास नै नगरी पार्किङ र अन्य प्रयोजनमा प्रयोग भएका संरचनाहरु भत्काउने अभियानलाई महानगरले निरन्तरता दिएको छ । महानगरले आज न्यूरोड र बसन्तपुर क्षेत्रमा रहेका भवनहरुको बेसमेन्ट खाली गराइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !