५ मंसिर २०८१, बुधबार

भारतीय सेना प्रमुख मनोज पाण्डे नेपाल आउँदै


मनोज पाण्डे

काठमाडौँ । भारतीय सेना प्रमुख मनोज पाण्डे नेपाल आउने भएका छन् । पाँच दिने नेपाल भ्रमणका लागि सेना प्रमुख पाण्डे नेपाल आउने भएका हुन । नेपाली सेनाका प्रमुख प्रभुराम शर्माको निमन्त्रणामा भदौं १९ गतेदेखि भदौं २३ गतेसम्म पाण्डे नेपालमा रहने भारतीय समाचार संस्था द इकोनोमिक टाइम्सले जनाएको छ ।

गत अप्रिल ३० तारिखमा सेना प्रमुख नियुक्त भएसँगै पाण्डेको यो पहिलो नेपाल भ्रमण हुने छ । भ्रमणमा द्विपक्षीय रक्षा सहयोगका विभिन्न पक्षमा छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ । यस्तैगरी पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नेपाली सेनाको मानार्थ उपाधि प्रदान गर्ने कार्यक्रम पनि रहेको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !