२१ बैशाख २०८१, शुक्रबार

उमाकान्त आचार्यले पाए वैदेशिक रोजगार विभागको महानिर्देशकको जिम्मेवारी


उमाकान्त आचार्य

काठमाडौँ । वैदेशिक रोजगार विभागको जिम्मेवारी सहसचिव उमाकान्त आचार्यलाई दिइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले मन्त्रीस्तरीय निर्णय गर्दै विभागको महानिर्देशकको जिम्मेवारी आचार्यलाई दिएका हुन् ।

आचार्य यसअघि श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको महानिर्देशक पदको जिम्मेवारीमा थिए । उक्त पद रिक्त राखेर आचार्यलाई सरुवा गरिएको हो । वैदेशिक रोजगार विभागको महानिर्देशकको जिम्मेवारीमा रहेका सहसचिव शेषनारायण पौडेल अध्ययन बिदामा बसेपछि उक्त पद रिक्त भएको थियो ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !