१३ बैशाख २०८१, बिहिबार

नेपाली सेना र अमेरिकी सेनाबीच आजदेखि संयुक्त तालिम सुरु हुँदै


नेपाली सेना र अमेरिकी सेना संयुक्त तालिम

काठमाडौं । नेपाली सेना र अमेरिकी सेनाबीच आजदेखि एकमहिना संयुक्त सैन्य अभ्यास सुरु हुने भएको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले हिजो एक विज्ञप्ति जारी गर्दै दुई देशको सेनाबीच आज साउन ३१ गतेदेखि भदाै ३१ गतेसम्म ‘एक्स–ब्यालेन्स नेल २२–५५३०’ संयुक्त सैन्य तालिम अभ्यास गर्न लागेको जानकारी दिएको हो ।

उक्त संयुक्त सैन्य अभ्यासमा सशस्त्र द्वन्द्वको कानुन, सैन्य निर्णय निर्माण प्रक्रिया लगायत विषयमा केन्द्रित हुने तालिममा नेपाली सेनाबाट ८० जना तथा अमेरिकी सेनाका १६ जना सहभागी हुनेछन् । सो तालिमको लागि अमेरिकी सेनाको टुकडी आवश्यक सामग्रीसहित आज सोमबार बिहान नेपाल आइपुगेको सैनिक निर्देशनालयले जनाएको छ ।

संयुक्त सैनिक अभ्यासका लागि १६ जना अमेरिकी सेना हिजो अमेरिकी वायुदेनको बिमानमार्फत नेपाल आइपुगेका हुन् । आज मंगलबार काठमाडौं र नगरकोटमा हुने संयुक्त सैन्य अभ्यासका लागि उनीहरु नेपाल आइपुगेको नेपाली सेनाले जनाएको छ।

उक्त अभ्यासका लागि चाहिने आवश्यक सैन्य सामग्रीहरु अमेरिकाबाटै ल्याइएको सेनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । विसं २०६० देखि नेपाली सेना र संयुक्त राज्य अमेरिकाको सेनाबीच सञ्चालन हुँदै आएको ‘एक्स-ब्यालेन्स नेल’अन्तर्गतको ३९‍औं संस्करण भएको सेनाले जनाएको छ।

सरकारको स्वीकृतिमा नेपाली सेनाको श्री सिंह महावीर योजना तथा समन्वय महाशाखाअन्तर्गत रहेका रेञ्जर गणहरु र अमेरिकी सेनाको टुकडीबीच भोलि मंगलबार संयुक्त अभ्यास हुने सेनाले जनाएको छ ।

यस्तो छ हेर्नुहोस् नेपाली सेनाले निकालेको प्रेस विज्ञप्ति

नेपाली सेनाले निकालेको प्रेस विज्ञप्ति

यो पनि पढ्नुहोस्

अमेरिकी वायु सेनाको जहाज काठमाडौंमा अवतरण !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !