६ मंसिर २०८१, बिहीबार

बालाजु बाइपास आगलागी : भक्तपुरबाट पनि झिकाइयो दमकल


बालाजु बाइसधारामा भीषण आगलागी

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको वान वर्ल्ड जुत्ता कारखानामा आज बुधबार आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बालाजु बाइपास नजिकको सो जुत्ता कारखानामा आगलागी भएको जानकारी दिए । अहिले उक्त स्थानमा प्रहरी टोली पुगिसकेको छ ।

काठमाडौं र ललितपुरका दमकलले आगो निभाउन नसकेपछि भक्तपुरको दमकलसहित सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ ।

आगलागीपछि सो जुत्ता कारखानाबाट नजिकमा रहेका घरहरू समेत जोखिममा परेको प्रहरीले बताएको छ । अहिलेसम्म आगलागीको कारण खुलेको छैन । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

यो पनि पढ्नुहोस्

काठमाडौँको बालाजु बाइसधारामा भीषण आगलागी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !