४ असार २०८१, मंगलबार

तेह्रथुममा छोराले धान कुट्ने मुस्ली प्रहार गरी बुबाको हत्या


हत्या

तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिका-५ ठकुरी टोलका ५३ बर्षीय भक्त बहादुर भण्डारीको छोराको कुटपिटबाट मृत्यु भएको छ । आज बिहान सवा ६ बजेको समयमा भण्डारीका २४ बर्षीय छोरा टंक भण्डारीले अचानक धान कुट्ने मुस्लीले बुबालाई टाउकोमा प्रहार गरी घाईते बनाएका थिए ।

उक्त घटनाको खबर प्राप्त भएसंगै प्रहरी चौकी शुक्रवारेबाट प्रहरी टोली खटि गई घाईतेलाई उपचारको लागी छथर अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो । घटनामा संग्लग्न छोरा टंक भण्डारी तत्काल फरार रहेको र निजको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !