२० बैशाख २०८१, बिहिबार

काभ्रेस्थली घटना : मृत भेटिएका चारै जनाको शव पोस्टमार्टमका लागि लगियो


काभ्रेस्थली घटना

काठमाडौँ । काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिका-२, काभ्रेस्थली, पदमसालमा एकै परिवारका मृत फेला ४ जनाको शव पोस्टमार्टमका लागि लगिएको छ । केही समय स्थानीयवासीले पोस्टमार्टमका लागि शव उठाउन खोज्दा अवरोध सिर्जना गरेतापनि प्रहरीले मृत भेटिएकाहरुको शव उठाएको हो ।

प्रहरी तथा शिक्षण अस्पताल महाराजगञ्जको फरेन्सिक टोलीले घटनास्थलमा आवश्यक अनुसन्धान सकेर शव उठाएको हो । उनीहरुको शवको शिक्षण अस्पताल महाराजगञ्जमा पोस्टमार्टम गरिने भएको छ ।

आज सोमबार विहान गोरखाको भीमसेन थापा गाउँपालिका– ६ घर भई काभ्रेस्थली बस्दै आएका ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता, छोरा ८ वर्षका आशिक र छोरी १३ वर्षकी आशिका मृत भेटिएका थिए ।

पारिवारिक कलह र विवादले एकै परिवारका ४ जनाको विभत्स हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

यो पनि पढ्नुहोस्

काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका ४ जना मृत फेला


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !