१३ बैशाख २०८१, बिहिबार

काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका ४ जना मृत फेला


हत्या

काठमाडौं । काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिका-२ स्थित काभ्रेस्थलीमा एकै परिवारका ४ जना मृत फेला परेका छन् । यसरी राजधानी काठमाडौँको उत्तर-पश्चिम भेगमा रहेको काभ्रेस्थलीमा एकै परिवारका ४ जनाको मृत फेला परेका हुन् ।

एकै परिवारका ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीया छोरी आशिका पाण्डे र ८ वर्षीय आशिक पाण्डेको हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ । मृत फेला पर्नेहरुमा श्रीमान, श्रीमती र दुई छोराछोरी रहेको उक्त घटनाको अनुसन्धानमा खटिएका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृत फेला परेका पाण्डे परिवार गोरखा भीमसेन गाउँपालिका-६ स्थायी घर भई काभ्रेस्थलीमा बस्दै आएको खुलेको छ । आज सोमबार बिहान घरको ढोका भित्रबाट बन्द गरिएको अवस्थामा भेटिएको र प्रहरीले ढोका फोडेर भित्र प्रवेश गर्दा ४ जनाको शव भेटाएको हो ।

अहिले उक्त घटनास्थलमा प्रहरी पुगिसकेको र हत्याबारे थप अनुसन्धान जारी राखेको छ । यसका साथै त्रिवि शिक्षण अस्पतालबाट फरेन्सिक विशेषज्ञको टोली पनि घटनास्थलमा पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !