२५ बैशाख २०८१, मंगलबार

सशस्त्र प्रहरी बलका २० एसपी एसएसपीमा बढुवा सिफारिस, को को परे ?


सशस्त्र प्रहरी

काठमाडौँ । सशस्त्र प्रहरी बलका २० जना एसपीलाई सशस्त्र प्रहरी वरिष्ठ​ उपरीक्षक (एसएसपी) बढुवा सिफारिस गरिएको छ । गृह मन्त्रालय बढुवा समितिले सशस्त्र प्रहरी बलका २० जना एसपीलाई एसएसपी बढुवा सिफारिस गरेको हो ।

अस्ति शुक्रवार बसेको बढुवा समितिको बैठकले साधारण समूहतर्फका १६ जना, साधारण समूह, कानुन उपसमूह तर्फ १ जना, प्राविधिक समूह, सञ्चार तथा इन्जिनियरिङ तर्फ १ जना र प्राविधिक समूह, स्वास्थ्य तर्फ २ गरी २० जना अधिकृतहरूलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।

साथै बढुवा सिफारिसउपर चित्त नबुझे ७ दिनभित्र बढुवा उपरको उजुरी सुन्ने समितिमा उजुरी दिनसक्ने बढुवा समितिको सचिवालयले जानकारी समेत दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !