७ बैशाख २०८१, शुक्रबार

दक्षिण एसियामा नेपाल दोस्रो शान्त मुलुक


peace-nepal

जेष्ठ २७, २०७३- दक्षिण एसियाली मुलुकमा नेपाल दोस्रो शान्त मुलुक रहेको एक विश्वव्यापी सर्वेक्षणले देखाएको छ । अध्ययनका अनुसार भुटान दक्षिण एसियामै सबैभन्दा शान्त र अफगानिस्तान सबैभन्दा अशान्त मुलुक रहेको सर्भेमा उल्लेख छ ।

भिजन फर हयुम्यानिटीको ‘सन् २०१६ ग्लोबल पिस इन्टेक्सका’ का अनुसार सरकारविरोधी आन्दोलनका कारण आन्तरिक सुरक्षा चासोमा केही बढोत्तरी आए पनि नेपाल दक्षिण एसियामा दोस्रो शान्त मुलुक हो । सरकारविरोधी आन्दोलनका कारण नेपालमा पक्राउ पर्नेको संख्या बढेको त्यसमा उल्लेख छ ।

सरकारविरोधी आन्दोलन भनेर मधेसलाई संकेत गर्न खोजे पनि यसबारे खासै उल्लेख गरिएको छैन । ‘सन् २००८ को तुलनामा सन् २०१६ मा नेपालमा शान्तिको स्कोर २ प्रतिशत राम्रो छ । यद्यपि सन् २००५ को तुलनामा सन् २०१५ मा सात प्रतिशतले राम्रो थियो,’ बिहीबार सार्वजनिक प्रतिवेदनमा भनिएको छ ।

प्रतिवेदनअनुसार बंगलादेश, श्रीलंका, भारत, पाकिस्तान र अफगानिस्तान क्रमश: तेस्रो, चौथो, पाँचौं, छैटौं र सातौं स्थानमा छन् । प्रतिवेदनले विश्व क्रमश: अशान्ति हुँदै गएको समेत बताएको छ । विश्वका सबैभन्दा शक्तिशाली र कम शक्तिशाली मुलुकको ग्याप बढदै गएको त्यसमा उल्लेख छ । विशेष गरी मध्यपूर्वी देश र अफ्रिकामा पछिल्ला वर्षमा सबैभन्दा बढी शान्ति खलबलिन पुगेको छ ।

प्रतिवेदनअनुसार पछिल्लो दशकमा नै विश्व शान्तिमा निकै गिरावट आएको छ । सबैभन्दा बढी आतंकवादी घटनाहरू इराक, नाइजेरिया, अफगानिस्तान, पाकिस्तान र सिरियामा भएको छ । विश्वभरि आतंकवादी घटनाका कारण हुने मृत्युमध्ये ७८ प्रतिशत यी मुलुकहरूमा हुने गरेको छ ।

http://bit.ly/1Xc9KGs


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !