८ मंसिर २०८१, शनिबार

सिभिल सहकारीका पूर्व अध्यक्ष इच्छाराजकी श्रीमती सिर्जना पनि पक्राउ


सिर्जना शाक्य तामाङ

काठमाडौं । नेकपा (एमाले) का पूर्व सांसद समेत रहेका सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाका पूर्वअध्यक्ष इच्छराज तामाङकी श्रीमती सिर्जना शाक्य तामाङ पक्राउ पनि परेकी छन् । इच्छाराज यसअघि नै पक्राउ परिसकेका छन् ।

उक्त संस्थाको घोटाला प्रकरणमा मुछिएका तामाङकी श्रीमती सिर्जनालाई प्रहरीले पक्राउ गरेको हो । ठगी सम्बन्धी कसूरमा फरार रहेकी तामाङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले काठमाडौंबाट पक्राउ गरेको हो ।

सिर्जना सो संस्थाकी लेखा समिति सदस्य समेत रहेकोले प्रहरीले उनलाई प्रक्राउ गरेको हो । काठमाडौं महानगरपालिका-१३ सोल्टीमोडमा रहेको संस्थामा आकर्षक ब्याजदर दिने प्रलोभनमा पारी ठूलो संख्यामा बचतकर्ताहरूको रकम ठगी गरेका थिए ।

इच्छाराजसँगै उनलाई पनि निक्षपकर्ताको बचत रकम ठगी गरेको मुद्दामा प्रतिवादी बनाइएको थियो । इच्छाराज तामाङ लगायतले ५ अर्ब ८४ करोड ४० दाख २१ हजार ७१३ रुपैयाँ ठगी गरेको खुलेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !