३ असार २०८१, आइतबार

थप न्यायाधीशलाई बर्खास्त गर्न न्याय परिषदको सिफारिस


न्याय परिषद

काठमाडौं । न्याय परिषदले दुई जना न्यायाधीशलाई बर्खास्त गर्न सिफारिस गरेको छ । आज सोमबारको न्यायपरिषदको बैठकले दुई जना न्यायाधीशलाई बर्खास्त गर्न कामुप्रधानन्यायाधीश दीपककुमार कार्की समक्ष सिफारिस गरेको हो ।

न्यायपरिषदका प्रवक्ता मानबहादुर कार्कीका अनुसार न्यायाधीशहरु राकेशकुमार निधि र अनिलकुमार शर्मालाई बर्खास्त गर्न सिफारिस गरेको हो । उच्च अदालत दिपालयको महेन्द्रनगर इजलासमा कार्यरत न्यायाधीश निधि र काठमाडौं जिल्ला अदालतमा कार्यरत न्यायाधीश शर्मालाई बर्खास्त गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।

उनीहरुमाथि कार्यक्षमताको अभाव, खराब आचरण र पद अनुरुपको आचरण गर्न नसकेको भन्ने पुष्टि भएपछि बर्खास्तको सिफारिस भएको परिषद्का प्रवक्ता कार्कीले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !