१० असार २०८१, सोमबार

रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु


दुर्घटना

भैरहवा । रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका–४ मा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुने जिल्लाको मर्चवारी गाउँपालिका-१ का १९ वर्षीय रामचन्द्र केवट रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

दुर्घटनाबाट गम्भीर घाइते भएका केवटको उपचारको क्रममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । लु४०प ५९८९ नम्बरको मोटरसाइकल आफैँ नियन्त्रण गुमाएर आज बिहान दुर्घटना भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !