८ बैशाख २०८१, शनिबार

कार लुटेर फरार भएका तीन भारतीय नागरिक कैलालीबाट पक्राउ


कार लुटेरार भारतीय नागरिक पक्राउ

धनगढी । कार लुटेर फरार भएका तीन जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । कैलालीको गोदावरी जंगलमा चालकलाई बाँधेर लुटपाट गरी फरार भएका ती भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

कैलालीको बुढीतोलामा नेपाली नागरिक लुटपाटमा गर्ने भारतीय नागरिकहरु हरियाणाका २१ वर्षीय भगत सिंह, १७ वर्षीय साहिल बादलिसे र २० वर्षीय सन्नी जेटलाई प्रहरीले कैलालीको गोदावरी नगरपालिका-१ स्थित ऐश्वर्य सामुदायिक वनबाट नियन्त्रणमा लिएको हो ।

उनीहरू पक्राउ पर्नु भन्दा अगाडि प्रहरीले उनीहरूले लुटेर लगेको ०१–२३–च ६०२१ नम्बरको कार गोदावरी-१ स्थित पाठक आयल स्टोरदेखि शान्तिनगर जाने भित्री सडक खण्डमा फेला परेको थियो । लिफ्ट मागेर सँगै आएको तीनजनाको समूहले कैलालीको गोदावरीको जंगलबार डडेल्धुराका अतिताल गाँउपालिकाका कर्मचारी कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीको कार लुटेका थिए ।

लुटेराले भण्डारीलाई चक्कु प्रहार गरी टाउकोमा ढुंगाले कुटपिटसमेत गरेर बाँधेर लुटेराहरू फरार भएका थिए । घाइते भण्डारीको अहिले अत्तरियाको पदमा अस्पतालमा उपचार जारी रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !