७ मंसिर २०८१, शुक्रबार

इलाममा बिरामी बोकेको बलेरो दुर्घटना : ३ जनाको मृत्यु


दुर्घटना

पाँचथर । पाँचथरबाट बिरामी बोकेर झापातर्फ जाँदै गरेको बलेरो इलाममा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । पाँचथरको मिक्लाजुङस्थित प्राथमिक स्वास्थ्य केन्द्र रबिबाट बिरामी लिएर झापाको दमक जाँदै गरेको बलेरो इलामको माङसेबुङ गाउँपालिका–२ दहगाउँमा दुर्घटना हुँदा पाँचथरका दुई तथा इलामका एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ कुरुम्बाका ६५ वर्षीय हिमप्रसाद लावती र उनकी श्रीमती ५७ वर्षीय पदमकुमारी तथा इलामको माङसेबुङ गाउँपालिका–२ का ५० वर्षीय प्रकाश राई छन् । घाइतेमध्ये हिमप्रसाद र प्रकाशको घटनास्थलमै तथा पदमकुमारीको उपचारका लागि झापाको दमक लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

रबिबाट दमकतर्फ जाँदै गरेको मे१ज ४८७ नंको बलेरो आज दिउँसो करिब १२ बजे सडकबाट करिब २०० मिटर तल झरी दुर्घटना भएको हो । बलेरो चालक भने फरार रहेकाले खोजी भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !