१४ आश्विन २०८१, सोमबार

किराँत पत्रकार संघ उदयपुरमा टम्पशेर निर्वाचित


tampasheeer

२० वैशाख, उदयपुर । ‘किराँत राई पत्रकार संघ’ जिल्ला कार्यसमिति उदयपुरको चौथो जिल्ला अधिबेसनवाट अध्यक्षमा टम्पशेर राई निर्वाचित भएका छन् ।

बिहीबार सदरमुकाम गाईघाटमा सम्पन्न भएको सम्मेलनवाट उपाध्यक्ष रामबाबु राई, सचिवमा बिक्रम राई, सहसचिवमा मिनाकुमारी राई (रञ्जु) र कोषाध्यक्षमा चन्द्रकुमार राई निर्वाचित भएका छन् ।

त्यसैगरि सदस्यहरुमा विबेक राई, अनिशा राई, अबिषेक राई र बिजय राई रहेका छन् ।

उक्त अधिबेशनले सदस्यीय केन्द्रिय प्रतिनिधिको लागि जसमा देबराज राई, शुपराज राई, दिनेश राई र गंगा राई सर्वसहम रुपमा चयन भएका छन् ।

किरात राई यायोक्खाका केन्द्रिय उपाध्यक्ष ज्ञानबहादुर राईको प्रमुख आतिथ्यतामा भएको अधिबेसनमा किराँत राइ संघका केन्द्रिय उपाध्यक्ष भोटराज राई, सचिब गजेन्द्र राई, नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्का, पूर्व अध्यक्ष ईश्वर तामाङ र पूर्व उपाध्यक्ष हरिकुमार राई लगायतले शुभकामना व्यक्त गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !