२२ बैशाख २०८१, शनिबार

२२ बन्दकर्ता पक्राउ, सुरक्षा व्यवस्था चुस्त बनाएको प्रहरी दावी


banda

काठमाडौँ : प्रहरीले बन्द गराउँदै हिडेका र सवारी साधनमा तोडफोड् गर्ने २२ जनालाई काठमाडौँबाट पक्राउ गरेको छ। प्रहरीले काठमाडौको कोटेश्वर, बालाजु, त्रिपुरेश्वर लगायतका स्थानबाट उनीहरुलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसरका एसपी प्रद्युम्न कार्कीले बताए।

देशभर पक्राउ परेका आफ्ना कार्यकर्ताहरु रिहा गर्न माग गर्दै नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले आज नेपाल बन्दको आह्वान गरेको हो।

बन्दकर्ताले बिहानै कोटेश्वरमा रोकिराखेको ट्याक्सीमा आगो लगाएका थिए। आगोको कारण ट्याक्सीमा आंशिक क्षति पुगेको छ।

त्यस्तै बालाजुमा एउटा ट्याकसी र त्रिपुरेश्वरमा साझा यातायातमा बन्दकर्ताले ढुङगा प्रहार गरेका छन्। प्रहरीले राजधानीको सुरक्षा व्यवस्था चुस्त बनाएको दावी गरेको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !