२१ बैशाख २०८१, शुक्रबार

ड्राइभरसहित ट्याक्सीमा आगजनी, पेट्रोल बमसहित बन्दकर्ता पक्राउ


nepal band

काठमाडौं- बन्दकर्ताले चालकसहित ट्याक्सीमा आगजनी गरेका छन्। कोटेश्वरदेखि कंलकी जानुपर्ने भन्दै ट्याक्सीमा चढेका दुई जनाले केही पर लगेर आगजनी गरेको एसएसपी सुशील भण्डारीले बताए। उनका अनुसार सुवास परियार चालक रहेको बा१झ ८२०६ नम्बरको ट्याक्सीमा आगजनी गरिएको हो।

त्यस्तै बन्द गराउँदै हिँडने दुई जनालाई पेट्रोल बमसहित प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई भक्तपुरबाट पक्राउ गरिएको हो।

यता काठमाडौंको विभिन्न स्थानमा बन्द गराउँदै हिँड्ने २० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौंका एसएसपी विक्रम सिंह थापाका अनुसार अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियनका केन्द्रीय सभापति योगेन्द्र कुमाल र विष्णुहरि अधिकारीलाई कालिमाटीबाट नियन्त्रणमा लिएको छ। बन्द गराउँदै हिँडेको भन्दै उनीहरुलाई नियन्त्रणमा लिएको उनले बताए।

त्यस्तै ललितपुरका एसएसपी पितम्बर अधिकारी अनुसार ललितपुर जिल्लाबाट १२ जनालाई नियन्त्रणमा लिएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !