१४ बैशाख २०८१, शुक्रबार

तनहुँको डुम्रे-बेँसीसहर सडकखण्ड अवरुद्व


नारायणगढ-मुग्लिन सडकमा पुनः पहिरो फाइल फोटो

तनहुँ । भानु नगरपालिका–८ कुडुलेफाँट नजिकको खोलामा राखिएको ह्युमपाइप बगाएपछि डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्व भएको छ ।

खहरेखोलामा आएको बाढीले तीनवटा ह्युमपाइप बगाउँदा सडक भ्वाङ परेपछि सवारी आवतजावत रोकिएको हो । आइतबार बिहानको अविरल वषापछिको बाढीले ह्युमपाइपमा क्षति पुर्याएको थियो ।

साना सवारीसाधन वैकल्पिक मार्गको प्रयोग गरी सञ्चालनमा आए पनि ठूला सवारी रोकिएको इलाका प्रहरी कार्यालय भानुका प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !