७ बैशाख २०८१, शुक्रबार

ताप्लेजुङको खेवाङ पहिरो (अपडेट) : बेपत्ता सासु-बुहारी मृत फेला


सासु-बुहारी मृत फेला

ताप्लेजुङ । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–७ खेवाङमा गए राति झरेको पहिरोमा पुरिएर बेपत्ता भएका सासु र बुहारी मृत अवस्थामा फेला परेका छन् । वर्षासँगै राति करिब साढे ८ बजे झरेको पहिरोमा पुरिएर तुलसा अधिकारी र यशोदा अधिकारी बेपत्ता भएका थिए ।

खेवाङमा लुङथुङ निवासी उद्योगनाथ अधिकारीको श्रीमती अन्दाजी ५८ वर्षीया तुलसा अधिकारी र विष्णु अधिकारीकी अन्दाजी ३३ वर्षीया यसोदा अधिकारी पहिरोले पुरिएर मृत अवस्थामा फेला परेका हुन् । तुलसा सासु र यशोदा बुहारी हुन् ।

यशोदाका श्रीमान् विष्णु अधिकारी भने पहिरोमा परी गम्भीर घाइते भएपनि भागेर ज्यान जोगाउन सफल भएको स्थानीय लक्ष्मण अधिकारीले जानकारी दिए । पहिरोले अधिकारीका दुईवटै घर बगाएको छ भने नजिकै रहेका पशुचौपायसमेत पुरेको बताइएको छ ।

बाढी पहिरोले ताप्लेजुङ सिरिजङ्गा गाउपालिकाभर ठुलो धनजनको क्षति भएको छ । अत्यधिक वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा ठुल्ठूला पहिरो झरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !