१३ आश्विन २०८१, आइतबार

पूर्व प्रधानसेनापति रुक्मांगत कटुवालको दुईवटै मिर्गौला फेल


रुक्मांगत कटुवाल

काठमाडौँ । नेपाली सेनाका पूर्व प्रधानसेनापति रुक्मांगत कटुवालको दुईवटै मिर्गौला फेल भएको छ । उनको दुइवटै मिर्गौला फेल भएको डाक्टरले बताएका छन् ।

हिजो मात्र उनको छाउनीस्थित सैनिक अस्पतालमा मिर्गौलाको डायलायसिस गरिएको बताइएको छ । डायलायसिस गर्ने क्रममा हिजो समस्या भएर अपरेशन थिएटरसम्मै लगेर उपचार गर्नु परेको थियो ।

उनको उपचारमा संलग्न चिकित्सकहरुले मिर्गौला प्रत्यारोपण गर्नुपर्ने सल्लाह दिएका छन् । उनी अहिले घरमा नै आराम गरिरहेका छन् । दुवै वटा मृगौला फेल भएतापनि अहिलेसम्म उनलाई डोनर गर्ने कोहि नभेटिएको पनि बुझिएको छ ।

उनी अहिले मिर्गौला दिने कोही न कोही दाता भेटिने आशामा बसेका छन् । उनको बच्चैदेखि केवल एउटै मात्र मिर्गौलाले काम गरिरहेको थियो । धेरै पहिले नै उनको दोस्रो मिर्गौला सुकेर गएको थियो ।

कुनै नातेदार वा अन्यले मृगौला दिएको खण्डमा र म्याचिङ भएमा नेपालमा नै मिर्गौला ट्रान्सप्लान्ट गर्ने उनको चाहना छ । कटुवालको केही समय अघि प्रोष्टेडको शल्यक्रिया गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !