१३ आश्विन २०८१, आइतबार

त्रिविको तालाबन्दी खोल्न माग गर्दै अनेरास्ववियुद्वारा प्रदर्शन


अनेरास्ववियुद्वारा प्रदर्शन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयमा लगाएको ताला खोल्न माग गर्दै प्रदर्शन गरेको छ । काठमाडौँको कीर्तिपुरस्थित उपकुलपतिको कार्यालय परिसरबाहिर अनेरास्ववियुका कार्यकर्ताले तालाबन्दी खोल्न माग गर्दै प्रदर्शन गरेका हुन् ।

नेपाली कांग्रेसको विद्यार्थी संगठनले त्रिभुवन विश्विद्यालयमा तालाबन्दी गरेको साढे ४ महिना भन्दा बढी समय भइसक्दासम्म तालाबन्दी नखेकोले विश्वविद्यालयको काम प्रभावित भएको भन्दै अनेरास्ववियुले प्रदर्शन गरेको जनाएको छ ।

अनेरास्ववियुका विद्यार्थीहरुले प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणविरुद्ध पनि नाराबाजी गरेका छन् । उनीहरुले ‘त्रिविको गुण्डागर्दी बन्द गर, विश्वविद्यालय शान्ति क्षेत्र कायम गर’ जस्ता नारा लगाएका थिए । अनेरास्ववियुले हिज बुधबार मात्र एक विज्ञप्ति जारी गर्दै विश्वविद्यालयको ताला ३ दिनभित्र नखोले तोड्ने समेत चेतावनी दिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !