१४ बैशाख २०८१, शुक्रबार

दैलेखमा बस दुर्घटना : कम्तीमा ४ जनाको मृत्यु


दुर्घटना

दैलेख । दैलेख जिल्लामा बस दुर्घटना हुँदा कम्तीमा ४ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । दैलेखको आठबीस नगरपालिका-२ अन्तर्गत पर्ने सिस्ने भन्ने ठाउँमा आज बुधबार राति ८ बजे यात्रुबाहक बस दुर्घटना भएको हो ।

कालीकोट जितेगडाबाट सुर्खेत आउँदै गरेको म १ ख ६६० नम्बरको बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो । घाइतेहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

बस सडकबाट झण्डै ५० मिटर तल नदीमा खसेको छ । बस यात्रुले खचाखच भरिएको बताइएको छ । बसमा झन्डै ५० देखि ६० जना सवार रहेको अनुमान छ । दुर्घटनामा ३० जनाभन्दा बढी घाइते हुनसक्ने अनुमान गरिएको छ ।

अहिले घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन् । प्रहरीका अनुसार बस दुर्घटनाको कारण खुलिसकेको छैन । दुर्घटनाको बारेमा थप विवरण आउन बाँकी रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !