४ बैशाख २०८१, मंगलबार

तिव्बती शरणार्थीसँग नेपाली पासपोर्ट

nepali passport

नेपाली पासपोर्ट लिएका तिब्बती शरणार्थी पक्राउ परेका छन्। चीन जाने क्रममा तिब्बती शरणार्थी सुल्त्रिम छेदुपलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले पक्राउ गरेको हो। नयाँ पत्रिका दैनिकमा समाचार छ।

कृष्ण गुरुङको नाममा नागरिकता र पासपोर्ट बनाएर उनी चीन जान लागेका थिए। १२ जेठमा शंका लागी अध्यागमन कार्यालयले पक्राउ गरी अध्यागमन विभागमा पठाएको थियो। अनुसन्धानको क्रममा उनको पासपोर्ट नक्कली भएको पुष्टि भएको विभागका प्रवक्ता तथा निर्देशक विश्वप्रकाश न्यौपानेले बताए।

आमा भेट्न जान नेपाली पासपोर्टको प्रयोग
छेदुपको साथबाट तिब्बती शरणार्थीको परिचयपत्रसमेत बरामद भएको छ। ‘तिब्बतमा रहेकी आमालाई भेट्न जान आफूले नेपाली पासपोर्ट बनाएको उनले बताएका छन्,’ न्यौपानेले भने,‘उनले बौद्धमा सो पासपोर्ट किनेको अनुसन्धानमा देखिएको छ।’ सोधपुछका क्रममा राम्रोसँग नेपाली बोल्न नसकेपछि अध्यागमन अधिकारीले शंका लागी छेदुपलाई नियन्त्रणमा लिएका थिए। भोजपुर, दोभाने स्थायी ठेगाना राखेर उनले नागरिक बनाएका थिए। सोही नागरिकताका आधारमा उनले पासपोर्ट लिएका थिए। उनको नागरिकताको आधिकारिकताको विषयमा अनुसन्धान भइरहेको निर्देशक न्यौपानेले बताए।

गम्भीर अपराध, कमजोर सजाय
पक्राउ परेको १० दिनमै अध्यागमन विभागले उनको मुद्दा अदालतमा पेस गर्‍यो। मुद्दा दायर भएकै दिन काठमाडौं जिल्ला अदालतले उनलाई दोषी ठहर गर्‍यो, तर सजाय भने ११ दिन कैद र पाँच हजार रुपैयाँ जरिवाना फैसला गर्‍यो। ११ दिन हिरासतमा बसेकाले सोहीअनुसार उनलाई त्यति दिनको कैद सजायको फैसला सुनाइयो। जब कि अध्यागमन ऐनअनुसार पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने प्रावधान छ।

छेदुपको साथबाट तिब्बती शरणार्थीको परिचयपत्रसमेत बरामद भएको छ। ‘तिब्बतमा रहेकी आमालाई भेट्न जान आफूले नेपाली पासपोर्ट बनाएको उनले बताएका छन्,’ न्यौपानेले भने,‘उनले बौद्धमा सो पासपोर्ट किनेको अनुसन्धानमा देखिएको छ।’ सोधपुछका क्रममा राम्रोसँग नेपाली बोल्न नसकेपछि अध्यागमन अधिकारीले शंका लागी छेदुपलाई नियन्त्रणमा लिएका थिए। भोजपुर, दोभाने स्थायी ठेगाना राखेर उनले नागरिक बनाएका थिए। सोही नागरिकताका आधारमा उनले पासपोर्ट लिएका थिए। उनको नागरिकताको आधिकारिकताको विषयमा अनुसन्धान भइरहेको निर्देशक न्यौपानेले बताए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !