वरिष्ठ कलाकार हरिवंश बने बिवाइडीका ब्राण्ड एम्बेसडर Nepalpatra वरिष्ठ कलाकार हरिवंश बने बिवाइडीका ब्राण्ड एम्बेसडर
१४ असार २०७९, मंगलबार

वरिष्ठ कलाकार हरिवंश बने बिवाइडीका ब्राण्ड एम्बेसडर


रिवंश बने बिवाइडीका ब्राण्ड एम्बेसडर

काठमाडौँ । वरिष्ठ कलाकार हरिवंश आचार्य चीनमा निर्मित विश्वप्रसिद्ध इलेक्ट्रिक कार निर्माता कम्पनी बिवाइडीसँग जोडिएका छन् । बिवाइडी कम्पनीको नेपालस्थित अधिकृत विक्रेता साइमेक्स इंकले वरिष्ठ कलाकार आचार्यलाई ‘ब्राण्ड एम्वेसडर’ नियुक्त गरेको छ ।

सो सम्बन्धी सम्झौतामा साइमेक्स इंक नेपाल र हरिवंश आचार्यबीच शनिबार हस्ताक्षर भएको छ । बिवाइडीद्वारा निर्मित नयाँ इलेक्ट्रिक भेइकल ‘एटो थ्री’को व्यापार प्रवद्र्धनका लागि आचार्यसँग सहकार्य भएको साइमेक्स इंकले प्रेस विज्ञप्तिमा जनाएको छ ।

साइमेक्स इंकसँग ब्राण्ड एम्बेसडर सम्झौतापछि समारोहमा बोल्दै वरिष्ठ कलाकार आचार्यले भने–‘बढ्दो सवारी प्रदूषणले मानव स्वास्थ्यमा ठूलो असर पारिरहेको छ र जलवायु परिवर्तनले पृथ्वीको वातावरणलाई असन्तुलित बनाइरहेको छ । यस्तो बेला इलेक्ट्रिक भेइकल कम्पनी बिवाइडीसँग सहकार्य गर्न पाउँदा खुशी लागेको छ । उनले भने, ‘बिवाइडीसँगको मेरो सहकार्यले नेपालका सडकहरुमा वातावरणमैत्री विद्युतीय सवारी साधनको संख्या बढोस् ।’

वरिष्ठ कलाकार आचार्य एउटा कलाकार मात्र नभई सामाजिक अभियन्ता भएकोले स्वच्छ, स्वस्थ वातावरण निर्माणमा उनीसँगको सहकार्य सफल हुने विश्वास साइमेक्स इंकले लिएको छ ।

बिवाइडी कम्पनीको आधिकारिक विक्रेता साइमेक्स इंकले गत शनिबार नगरकोटमा डिलरहरुको सम्मेलन आयोजना गरेको थियो । उक्त सम्मेलनमा देशभरिका ११ वटा डिलर सहभागी भएका थिए । सहभागीहरुले देशभरि इलेक्ट्रिक भेइकलको व्यापार प्रवद्र्धन गर्न राजमार्गका साथै प्रमुख सहरहरुमा चार्जिङ स्टेशन निर्माण गर्नुपर्ने कुरामा जोड दिएका थिए ।

भारतसँगको बढ्दो व्यापार घाटा कम गर्न र नेपालमै उत्पादित विद्युत्को आन्तरिक खपत बढाउन पनि विद्युतीय सवारी साधनको विकल्प छैन ।

नेपाल सरकारले पनि सन् २०२४ सम्म विद्युतीय सवारी साधनको संख्या २० प्रतिशत पुर्याउने प्रतिबद्धता जनाए पनि त्यो कार्यान्वयनमा आउन सकेको छैन । सरकारले सन् २०३० सम्म विद्युतीय सवारीको संख्या ६० प्रतिशत पुर्याउने लक्ष्य लिएको छ । यसका लागि सरकारले विद्युतीय सुविधा उपलब्ध गराउनुपर्छ र विद्युतीय सवारी साधनको बिक्री वितरण बढाउन स्थिर नीति आवश्यक पर्छ ।

साइमेक्स इंकका अनुसार नेपालमा बिवाइडी इ–६ कार, एम थ्री भ्यान र विद्युतीय बस गरी करिब ३५० वटा इलेक्ट्रिक सवारी साधन सडकमा गुडिरहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !