७ मंसिर २०८१, शुक्रबार

सिरिजंगा समाजद्वारा परिवर्तनको अभियानस्वरुप नागरिक सुझाव बक्स खुला


सिरिजंगा सरोकार समाज, नेपाल

काठमाडौँ । सिरिजंगा सरोकार समाज नेपालका अध्यक्ष अधिवक्ता हरिचन्द्र भट्टराईले परिवर्तनको अभियानस्वरुप नागरिक सुझाव बक्स खुला गरेका छन् ।

‘सिरिजंगा नागरिक सुझाव बक्स : एक परिवर्तन अभियान हो’ नामक उक्त सुझावमा ताप्लेजुङको सिरिजंगा गाउँपालिकाका जनप्रतिनिधिहरुलाई सचेत गराउन नागरिकले पालिकाको विकासको लागि आफ्ना विकास सुझाव मत दिन सक्नेछन् ।

सिरिजंगा गाउँपालिकाको भौगोलिक संरचना साविक आठ गाविसहरु सिनाम, आम्बेगुदिन, सिकैचा, तेल्लोक, पेदाङ, मामांखे, खेवाङ र याम्फूदिनबाट तर्जुमा गरिएको हो । यस गाउँपालिकाले मूलतः ताप्लेजुङ जिल्लाको पूर्वी भाग काबेली खोला जलाधारलाई ओगटेको छ ।

यस गाउँपालिकाले विविध जैविक विविधतालाई समेटको पाइन्छ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा यसै गाउँपालिकाको भौगोलिक क्षेत्रभित्र रहेपनि यसको रायल्टीको विषयमा विवाद रहको भन्ने जानकारीमा आएको छ ।

यस गाउँपालिकाको भौगालिक कठिनाईका बाबजुद विकासका रेखाहरु नकोरिएका पनि होइनन् । ताप्लेजुङ जिल्लाको समग्र विकासलाई मूल्यांकन गर्ने हो भने यस गाउँपालिकाको विकासको गति तीव्ररुपमा हुन सकेको छैन । जसको ज्वलन्त उदाहरण सडक सञ्जालले गाउँलाई अर्थपूर्ण रुपमा नछोएको अवस्था पनि यही गाउँपालिका रहेको छ । जुन साविक मामाङखे गाविस हाल सिरिजंगा गाउँपालिकाको वडा नं. हो ।

पर्यटनको क्षेत्रका बारेमा कुरा गर्दा पर्यटनका लागि आवश्यक पर्ने पूर्वाधारको विकास हुन सकेको पनि छैन । कन्चनजंघालाई आधार मानी पर्यटनको विकासका विविन्न आयामहरु जस्ते यातायातको सुगमता, होटल, हामस्टे, सुरक्षा प्रबन्ध, उदारको व्यवस्थापन आदिको पूर्ण विकासका लागि मास्टर प्लान बनाई क्रियाकलाप संचालन गर्नुपर्ने छ ।

पर्यटनका विविन्न जेनेराहरुको खोजी गरी तदनुसार क्रियाकलाप गर्नुपर्ने छ । पर्यटनका विविन्न जेनेराहरुमा खेल पर्यटन, कृर्षि अध्ययन पर्यटन, बोटानिकल अध्ययन पर्यटन, साँस्कृतिक पर्यटन, भिलेज पर्यटन, साहासिक पर्यटन, एडभान्चरस ट्रेल पर्यटन, फिसिङ्ग पर्यटन आदिको विस्तृत अध्ययन गरी सम्भावनाको खोजी गरी विकास गर्नुपर्ने छ ।

साँस्कृतिक पर्यटनलाई बढवा दिन कावेली खोलाको उद्गम स्थानलाई उत्तरगया (उत्तर काशी) को रुपमा चर्चा र विकास गरी तीर्थस्थलका रुपमा विकास गर्न सकिन्छ । जसले गर्दा सालिन्दा हजारौं हिन्दु तीर्थालुको तीर्थाटन गराउँन सकिन्छ । जसले सिरिजंघाको मुहार फेर्न सकिन्छ ।

लिम्बु किराँतको सम्यताको आधार स्थल सिरिजंगा गाउँपालिकाले नै आगट्दछ । जसकालागि सिरिजंगा राजाको १०० फिट अग्लो पूर्णकदको शालिक सहितको बोटानिकल गार्डेन निर्माण गरी लिम्बु भाषा संस्कृतिको श्राद्दा आस्थाको स्थल बनाउन सकिन्छ । जसका लागि सिन्चेपु भन्ज्याङ उचित ठाउँ हुन सक्छ ।

साँस्कृतिक पर्यटनको विकासमा अर्को विषय लिम्बु संग्रालय हो । यो हाल सिरिजंगा गा.पा.वडा नं. ६, मामांखेमा रहेको भएतापनि यसको आधुनिकीकरण गरी विश्वसामु प्रचार गरी साँकृतिक पर्यटन प्रवद्र्धन गर्न सकिन्छ । यसमा सिरिजंगा राजाको अध्ययन प्रतिठान निर्माण गरी लिम्बु भाषाको पाठशाला समेत जोडी विकास गर्न सकिन्छ ।

मामाङखे निपाने पाथिभरा, बुक्की सिमसार देउराली हेल्लोक पदमार्ग विकास गरी जैविक विविधताको अनुपम प्रत्यक्ष अनुभूति गराउन सकिन्छ । विभिन्न चराचुरुङ्गी, चरी बाघ, डाँफे, मुनाल, हरिण, बाघ, घोरल आदिको प्रत्यक्ष अवलोकन गराउँन सकिन्छ । फिसिङ्ग पर्यटनका लागि असला माछा, तीते माछाको संरक्षण सहितको फिसिङ्ग फेस्टीभल आयोजना गरी फिसिङ्ग पर्यटनको प्रवद्र्धन गर्न सकिन्छ ।

साविक सिनामलाई अध्ययन पर्यटनको विकास गरी एडुकेसन हबको रुपमा विकास गर्न सकिन्छ । तिम्बुङ पोखरी पदमार्ग विकास र प्रवद्र्धन गर्न सकिन्छ । ताप्लेजुङ सिकैचा मामांखे याम्फुदिन हेल्लोक ताप्लेजुङ बजार पदमार्ग, गोपेटार तेल्लोक मामांखे याम्फूदिन हेल्लोक ताप्लेजुङ बजार पदमार्ग, ताप्लेजुङ सिकैचा मामांखे खेबाङ तिम्बुङ पोखरी फालेलुङ पाँचथर पदमार्ग निर्माणको पहल गर्न सकिन्छ । काबेली खोलाका विभिन्न जलविद्युत आयोजनको लागि अध्ययन भ्रमणको प्रचार प्रसार व्यवस्थापन निर्माण गर्न सकिन्छ ।

मार्सि धानको प्रवद्र्धन गरी ब्रान्डीङ गर्न सकिन्छ । स्कुस, स्याउ, किबी, लगायतको कृषि उपजको सिस्यान, भण्डारण गरी प्रबद्र्धन गर्न सकिन्छ । अलैची विकास,अनुसंधान तथा सामगी्र प्रवद्र्धृन केन्द्र खोली संचालन गर्न सकिन्छ । अलैची खेती विशेष किटनासक औषधी, माटो अनुसन्धान केन्द्र खोल्न सकिन्छ । सहरका विद्याथीहरुलाई अलैची अध्ययन भ्रमण गराउन सकिन्छ ।

मेल, काफल, भकिम्लो आदिको अचार, चुक बनाउने तालिम तथा ब्रान्डिङ्ग गराउन सकिन्छ । बेमौसमी तरकारी बालीको प्रबद्र्धनमा जनचेतना जगाउन सकिन्छ । अग्रेलीको पकेट एरिया तोक्न सकिन्छ । छुर्पीको आधुनिकीकरण र निर्यातमा संकलन केन्द विकास गर्न सक्निछ । भेडाको घिउ र ऊनलाई उत्पतिको अधिकारको कानुनी व्यवस्थ गर्न सकिन्छ ।

प्रत्येक वडा एक विशेषतासहित बडाको विकासमा जोड दिन सकिन्छ । पहिरो नियन्त्रणका लागि घाँस, ओखर, बृक्षारोपण कार्यक्रम लागू गर्न सकिन्छ । फलफुल पकेट एरिया तोक्न सकिन्छ । पाँच औले, कुडकी, विखमा, खोकिम आदिको संरक्षण र उपयोग कार्यविधि बनाउन सकिन्छ । सिस्नोको प्याकेजिङ गरी निकासी बढाउन सकिन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !