![त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/TIA_Tribhuvan-International-Airport123.jpg?fit=1024%2C555&ssl=1)
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बम राखेको हल्लापछि आन्तरिक उडानतर्फ रहेका यात्रुहरुलाई बाहिर निकालिएको छ ।
विमानस्थलस्थित नागरिक उडड्यन प्राधिकरणको कार्यालयमा एक अपरिचित व्यक्तिले फोन गरेर आन्तरिक विमानस्थल कार्यालयमा ८ वटा बम रहेको जानकारी दिएका थिए ।
सो लगत्तै सुरक्षा निकायले उच्च सतर्कता अपनाउँदै सबै यात्रुलाई बाहिर निकालेका हुन् । विमानस्थलमा खटिएका प्रहरीका अनुसार अवतरण गर्न दिइएको छ भने उडानहरु सबै रोकिएको छ ।
यद्यपि सेनाको बम डिस्पोजल टोली बिमानस्थल पुगेर जाँच गर्दा शंकास्पद वस्तु नभेटिएको प्रहरीले बताएको छ ।