६ जेष्ठ २०८१, आइतबार

भारतीय कांग्रेस आईका नेता राहुल गान्धी ठमेलको डिस्को गएपछि भारतमा हंगामा


राहुल गान्धी ठमेलको डिस्कोमा

काठमाडौं । भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धी अहिले काठमाडौं छन् । नीजि भ्रमणका लागि काठमाडौँ आएका नेता गान्धी ठमेलमा एक डिस्कोमा गएपछि भारतमा हंगामा मच्चिएको छ ।

एक साथीको विहेमा सहभागी हुन हिजो सोमबार साँझ काठमाडौं आएका राहुल राति ठमेलस्थित ठमेलस्थित नाइट क्लब एलओडी (लर्ड अफ द ड्रिङ्क्स) पुगेका थिए । उनी नाइट क्लब गएको भिडियो बाहिरिएसँगै भारतीय राजनीति तरंगित भएको हो भने भारतीय मिडियाले पनि राहुलको डिस्को मनोरञ्जनलाई प्राथमिकता दिएर समाचार प्रकाशन गरेका छन् ।

यहाँको भिडियोले नेपालमा मात्रै होइन, पूरै भारतमा पनि हंगामा मच्चाइरहेको छ । सार्वजनिक भिडियोमा राहुल एक महिलासँग क्लबमा बसेर अवलोकन गरिरहेको देख्न सकिन्छ ।

राहुलको नाइट क्लबको भिडियो सार्वजनिक भएसँगै भारतीय सत्तारुढ दल भाजपाका नेताहरुले उनको आलोचना समेत गरेका छन् भने कांग्रेस आई प्रवक्ताले भने निजी भ्रमण भन्दै बचाउ गरेका छन् ।

उनीका एक विवाह समारोहमा सहभागी हुन काठमाडौंमा आएका हुन् । उनी आफ्नी एक नेपाली साथी सुम्निमा उदासको विवाह समारोहमा समावेश हुन यहाँ आएका हुन् । राहुलकी साथी सुम्निमाका पिता भीम उदास म्यानमारका लागि नेपालका पूर्व राजदूत हुन् ।

उनले आफ्नी छोरीको विवाहमा सरिक हुन राहुल गान्धीलाई निमन्त्रण दिएको बताएका छन् । विवाह समारोह आज अर्थात् मंगलबार हुँदैछ । सुम्निमाको विवाह निमा मार्टिन शेर्पासँग भइरहेको छ । यस्तै रिसेप्सन ५ मेमा हायात होटलमा हुँदैछ ।

उनी काठमाडौँको नक्साल नागपोखरीस्थित होटल मेरियटमा बसेका छन् । नेपाल रहँदा उनले केही राजनीतिक भेट समेत गर्ने विशेष स्रोतले बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !