५ जेष्ठ २०८१, शनिबार

देउवा सरकारद्वारा इद उल फित्रका अवसरमा भोलि सार्वजनिक बिदा


सार्वजनिक विदा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले भोलि मंगलबारका लागि सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले मुस्लिम समुदायको पर्व इद उल फित्रका अवसरमा भोलि वैशाख २० गते मंगलबार बिदा दिइएको जानकारी दिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले आज एक सूचना जारी गर्दै मंगलबार सार्वजनिक बिदा दिइएको बताएका छन् । नेपाल राजपत्रमा गत फागुन २६ गते प्रकाशित सूचनाअनुसार इस्लाम धर्मावलम्वीको पर्व इद (इद उल फित्र) का दिन सार्वजनिक बिदा दिने व्यवस्था भएबमोजिम भोलि मंगलबार बिदा कायम भएको गृह मन्त्रालयद्वारा आज प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।

इस्लाम धर्मावलम्बीले मनाउने महान् पर्व इदुलफित्र भोलि मंगलबार मनाउदैछन् । इदगाहमा गएर सामूहिक नमाज (प्रार्थना) गरी मनाउने यो पर्वमा मानिसले एकआपसमा अँगालो मारेर इदमुबारक (बधाई तथा शुभकामना) साटासाट गर्ने गर्दछन् ।

यस्तो छ हेर्नुहोस् गृह मन्त्रालयले निकालेको सूचना
यस्तो छ हेर्नुहोस् गृह मन्त्रालयले निकालेको सूचना


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !