काठमाडौं । मोरङमा मोटरसाइकलको चक्कामा आफैँले लगाएको सल बेरिँदा लडेर एक युवतीको मृत्यु भएको छ । प्रहरीका अनुसार सुनसरीको इटहरी उपमहानगरपालिका–८ की २१ वर्षीया रेश्मा नेपालीको मृत्यु भएको हो ।
को ३८ प २२०३ नम्बरको मोटरसाइकलबाट गम्भीर घाइते भएकी नेपालीको उपचारका क्रममा विराटनगरस्थित विराट नर्सिङहोममा मृत्यु भएको जनाइएको छ ।