६ बैशाख २०८१, बिहिबार

काठमाडौँ वडा नं ३० का वडा सदस्य सत्यालको निधन


निरजराज सत्याल

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं ३० का वडा सदस्य निरजराज सत्यालको निधन भएको छ । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिका वडा नं ३० को वडा सदस्यमा निर्वाचित सत्यालको आइतबार राति ९ बजे निधन भएको हो ।

उनी लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए । उनले भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराउँदै आएका थिए । नेपाली कांग्रेसको प्रमुख भातृ संस्था नेपाल विद्यार्थी सङ्घबाट आफ्नो राजनीति अगाडि बढाउनुभएका सत्याल त्रिचन्द्र क्याम्पसको पूर्वस्ववियु पदाधिकारी भएका थिए ।

उनी काठमाडौँ क्षेत्र नं ४ को पूर्वक्षेत्रीय सदस्यसमेत थिए । उनको गए राति नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !