१३ आश्विन २०८१, आइतबार

३७ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा (सूचीसहित)


home-mstry

१३ वैशाख, काठमाण्डौ । गृह मन्त्रालयले ३७ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । बिहीबार प्राप्त सरुवा सूची अनुसार २३ सह–सचिव र १४ जना उप–सचिव प्रजिअ हुने जिल्लाहरुका प्रमुख जिल्ला अधिकारी परिवर्तन भएका छन् ।

चितवनका प्रमुख जिल्ला अधिकारी नाराणप्रसाद भट्ट भक्तपुरको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भएका छन् । भक्तपुरका प्रजिअ द्रोण पोखरेललाई सर्लाहीको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा गरिएको छ ।

कार्यक्षमतामा कमजोर मानिने र लामो समयदेखि गृह मन्त्रालयमा हाजिर गराईएका सह–सचिव लोकनाथ पौडेललाई पर्साको प्रमुखको रुपमा सरुवा गरिएको छ ।

आकर्षक जिल्ला मानिने झापामा जनकराज दाहाल, रुपन्देहीमा उदयबहादुर राना र काभ्रेमा कृष्णबहादुर राउतको सरुवा भएको छ ।

मन्त्रालयले सह–सचिव प्रजिअ हुने केही जिल्लामा उप–सचिवलाई कामुको जिम्मेवारी सहित सरुवा गरको छ ।

गृह मन्त्रालका उप–सचिव श्रवणकुमार तिमिल्सिनालाई ईलामको कामु प्रजिअको रुपमा सरुवा गरिएको छ । त्यस्तै उप–सचिव कोषहरी निरौलालाई स्याङ्जा, भविश्वर पाण्डेलाई गुल्मी, शेषनारायण पौडेललाई बाग्लुङको कामु प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा गरिएको छ । ratopati
हेर्नुहोस् सिडीओ सरुवाको सूची
Cdo_Saruwa1
Cdo_Saruw2


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !